वीपी प्रतिष्ठानका आन्दोलनरत पक्ष र सरकारी पक्षबीच ६ बुँदे सहमति, चार पदाधिकारीलाई हटाउने

वीपी प्रतिष्ठानका आन्दोलनरत पक्ष र सरकारी पक्षबीच ६ बुँदे सहमति, चार पदाधिकारीलाई हटाउने


वीपी काईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुधारको माग राख्दै आन्दोलनरत पक्ष र नेपाल सरकारले गठन गरेको वार्ता टोली बीच ६ बुँदे सहमति भएपछि आंशिक रुपमा सहमति भएको छ । ५१ दिन सम्म कुनै समाधान ननिस्किएपछि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा तिन सदस्य उच्च स्तरिय टोली बनाइएको थियो ।

सहमति पत्रमा प्रतिष्ठानका सम्बन्धमा बनेका प्रतिवेदनहरु सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयमा एक महाशाखामा आजै तोक्ने, प्रतिष्ठाननका चारै जना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थाको प्रक्रिया शुरु गर्ने, प्रतिष्ठानमा भएका अनियमितताका विषयमा छानविन गर्न अब बस्ने सन्चालक परिषदले संघर्ष समितिको प्रतिनिधित्व हुने गरी अधिकार सम्पन्न उच्चस्तरीय आयोग बनाउने र संघर्षका कार्यक्रमलाई हाललाई स्थगित गरी प्रतिष्ठानबाट प्रदान गरिने सेवा सुचारु गर्ने सहमति भएको छ ।

सहमति पत्रमा स्वास्थ्य मन्त्रालयको तर्फबाट मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल र संघर्ष समितिको तर्फबाट डा. एसपी रिमाल लगायतले हस्ताक्षर गरेका छन् ।
प्रतिष्ठानको तर्फबाट वार्ता टोलीका संयोजक डा. एसपी रिमालले बुधबारबाट कालोपट्टी बाँधेर काम गर्ने र इमरजेन्सी, कोभिड वार्ड लगायतमा काम ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रम तयार गरेका थिए । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आएको उच्च स्तरिय तीन सदस्यले आन्दोलनकारीका माग सम्बोधन गर्ने जनाएपछि आन्दोलनका नयाँ कार्यक्रम फिर्ता लिएको संर्घष समितिका संयोजक एसपी रिमालले बताए ।
उनले पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला र अन्य प्रदर्शन जारी रहने बताए ।

उच्चस्तरीय समितिको प्रतिवेदन हुबहु कार्यान्वयन गर्नुपर्ने माग आन्दोलनरत पक्षले गरेको छ । उनीहरुले यि माग पुरा नभए गथप आन्दोलन घोषणा गर्ने बताए ।
प्रतिष्ठानमा चरम भ्रष्टाचार भएको, खरिद गरिएका मेसिनमा कमिसनको खेल भएको, भ्रष्टाचारमा मुछिएका पदाधिकारीलाई कारबाही हुनु पर्ने माग राख्दै स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थी विगत ५१ दिनदेखि आन्दोलनमा छन् ।