देशभर ३ हजार ६११ संक्रमित थपिए, २७ जनाको मृत्यु

देशभर ३ हजार ६११ संक्रमित थपिए, २७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ६६१ जनाको परीक्षण गरिएको मध्ये उक्त संक्रमित देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २७ जनाको मृत्यु भएको जनाएको छ । बितेको २४ घण्टामा १८१६ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९३ हजार १०९ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ६० हजार ५२४ जना पुगेको छ । यस्तै हालसम्म कुल संक्रमितमध्ये ६ लाख ५२ हजार २६१ पुगेको छ ।

हालसम्म मृतकको संख्या ९ हजार ८३४ पुगेको मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । हाल कोरोना निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।