इटहरी: साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा भएको मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगितामा भारतिय सेनाका सुबिदार मेजर हनेरी क्याप्टेन पदम राई र पत्रकार धनबहादुर पुरीको टिप विजयी भएको छ ।
इटहरी १९ तरहरामा भएको नायव सुब्बा चन्द्र बस्नेत र पुर्व भारतिय सेना बिकास गुरुङलाई सोजो सेटमा हराउँदै राई र पुरीको टिम विजयी भएको हो । पुर्व भारतिय सेना याम राई र भारतिय भुपु शैनिक सुबिदार मेजर हनेरी क्याप्टेन दिलप्रसार राईको टिमले तेस्रो स्थान ओगटेको थियो ।पुर्व भारतिय सेनाहरु जय बहादुर खड्का र भुमि राईको टिमले चौथो स्थानमा चित्त बुझाउनु पर्यो ।
कोरियन टोल व्याडमिन्टन क्लवले प्रत्येक चाडबार्ड्मा मैत्री पुर्ण प्रतियोगिता गर्दै आएको छ ।शारारिक व्यायम गरौ स्वास्थ्य बनौ भन्ने मुल नारा सहित स्थानीय अगुवाहरुले आयोजना दैनिक व्याडमिन्टन खेल खेल्ने गरेका छन ।
आफ्नै टोलमा रमाईलोको लागि गरेको प्रतियोगिता उत्कृष्ट भएको भारतिय भूपू शैनिक सुविदार मेजर हनेरी क्याप्टेन दिलप्रसाद राईले बताए । विजयीहरुलाई पुरस्कार वितरण गर्दै उनले प्रतियोगितामा रमाईलो भएको बताए।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP