झापामा पुर्ण निषेधाज्ञा, यातायात समेत बन्द

झापामा पुर्ण निषेधाज्ञा, यातायात समेत बन्द

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि झापामा साउन १६ गते शनिबार रातीदेखि पूर्ण निषेधाज्ञा हुने भएको छ ।

साउन १४ गते बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले सवारीसाधनसमेत ठप्प पार्ने गरी निषेधाज्ञा गर्न लागेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सीनाले औषधी पसल, ग्याँस तथा पेट्रोल पम्प बाहेक सम्पूर्ण बजार पसल बन्द हुने जानकारी दिए ।

हरियो सागसब्जीको हकमा भने बिहान ६ देखी ८ बजेसम्म विक्री वितरणको लागी समय छुटाइएको छ । अत्यावश्यक सेवाका बाहेक सम्पूर्ण सार्वजनिक तथा निजी सवारीसाधन हरू २३ गते राती १२ बजेसम्मको लागी पुर्णरुपमा रोक लगाउने निर्णय भएको छ । तर पूर्वपश्चिम राजमार्गमा लामो दुरीका सवारी सञ्चालन गर्न पाइने भएको छ ।

यसअघि नै झापाका १० वटा पालिकाले आन्तरिक निषेधाज्ञा घोषणा गरिसकेका थिए । मेचीनगर, हल्दीबारी, बुद्धशान्ती, दमक, शिवसताक्षी, बिर्तामोड, अर्जुनधारा, कनकाई, गौरादह, कमल सिल गरिएपछि जिल्ला प्रशासन कार्यालयले नै जिल्लाभर निषेधाज्ञा लगाउने भएको हो ।