एमसिसी विरुद्ध शनिबार इटहरीमा बृहत मोटरसाइकल तथा कार र्याली

साउन १५, २०७८

अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता विरुद्ध इटहरीमा वृहत मोटरसाईकल तथा कार र्याली हुने भएको छ ।

पूर्वाञ्चलबासी नेपाली समुहले शुक्रबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै करिब २ हजार मोटरसाइकल तथा कार र्याली निकालिने जानकारी दिएको हो । साउन १६ गते शनिवार १२ बजे इटहरीको चिन्तन चौतारी देखि विराटनगर सम्म मोटरसाईकल,कार र्याली गरिने हिरा आचार्यले जानकारी दिएका थिए ।

एमसिसी सझौता गरिए मुलुक उपनिवेशकरण तर्फ धकेलीने भन्दै नेपाल र नेपाली जनताको हित विपरित हुने एमसिसी सम्झौता नगर्न दवाव दिन मोटरसाईकल र्याली पछि कोणसभा गरिने समेत सो अवसरमा जानकारी गराइयो ।

केही वर्ष यता देखि चर्चामा रहदै आएको एमसिसी प्रस्ताव जस्ताको त्यस्तै अनुमोदन गरिए विदेशी हस्तक्षेप वढ्ने तथा मुलुक उपनिवेशकरण तर्फ धकेलिने भन्दै एमसिसी को विरोध हुने क्रम पुर्वी नेपालमा वढ्न थालेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP