गुल्मीमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

गुल्मीमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

गुल्मीमा जिप दुर्घटना हुदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गुल्मीको चन्द्रकोट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर ४ मा लु १ ज ४५५९ नम्बरको जिप दुर्घटना भएको वडाध्यक्ष ओम बहादुर केसीले जानकारी दिए ।

जिपमा १० जना सवार थिए । मृतक कसैको सनाखत भएको छैन । जीप सडकबाट ५ सय मिटर तल खसेको र के कति कारणले दुर्घटना भयो भन्नेबारे बुझिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।