एमसीसी मुर्दावाद भन्दै राष्ट्रप्रेमी युवा मसाल सहित सडकमा

दिप खबर
साउन १२, २०७८

एमसीसी मुर्दावाद भन्दै राष्ट्रप्रेमी युवा सोमबार इटहरी चोकमा मसाल सहित सडकमा उत्रिएका  हुन् |

शिव सेना नेपालले आयोजना गरेको कार्यकममा जनताको स्वत सहभागिता देखिएको थियो | हातमा मसाल लिएर चोक छिरेका  युवा राष्ट्र बचाउन दलाललाई हटाएर राजा ल्याउनु पर्ने , सरकारले देश बेच्यो जस्ता नारा लगाउदै मसाल जुलुस कोणसभामा परिणत भएर अन्त्य भएको थियो |

कार्यक्रम बारेमा प्रष्ट पार्दै शिव सेना नेपाल सुनसरीका उपाध्यक्ष  शुम्भ राई भन्छन् ” एमसीसी को नाममा यस्ता  राष्ट्रघाती समझौता तत्काल खरेज नगरे ,आज सड़कमा आगो बल्दैछौ भोली राष्ट्रघाती दलाल पूजिबादी नेताहरूको घरघरमा  आगो बाल्न बाध्ये हुनेछौ साथै राईका अनुसार अब जनता स्वयम जागरुक भएर सडक हुदै सदन सम्म पुग्ने समय आएको छ |

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP