रुखको हागाँले लागेर एक महिलाको मृत्यु

साउन १२, २०७८

धनकुटामा बहिनीले काटेको रूखको हाँगाले एक महिलाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिको–२ हिलेखर्क बस्ने ५७ बर्षीया टंक माया पुलामीको रुखको हाँगाले लागेर मृत्यु भएको हो ।

आइतबार दिउँसो ३ बजे बारीमा घाँस काटिरहेको अवस्थामा १५ बर्षीया बहिनी कमला गुरुङले रुख ढाल्दा हाँगाले लागेर गम्भीर घाईते भएकी टंकमायाको सैनिक अस्पताल ईटहरीमा उपचारको क्रममा बेलुका ९ बजे मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले बताएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP