नेपाल औषधी व्यवसायी संघ इटहरी, इटहरी आइडल ग्रुप र लायन्स क्लब अफ इटहरी मनकामनाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय कोरोना महामारीका कारण रगतको अभाव भईरहेको पाइएपछि रक्तदान आयोजना गरिएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सहकार्यमा इटहरीको पचिश्चम लाइनमा भएको कार्यक्रममा ६७ पिन्ट रगत संकलन भएको छ ।
उक्त कार्यक्रममा इटहरीकै पुराना तीन औषधी व्यवसायीलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा गौतम मेडिकल संचालक रुकमिणी गौतम, पुराना प्रयोगशाला संचालक शालिकराम कार्की र स्वास्थ्यकर्मी सुभत यादव रहेका छन् । उनीहरुलाई नेपाल औषधी व्यवसायी संघ इटहरीका अध्यक्ष संजीव खड्काले सम्मान पत्र सहित सम्मान गरेका हुन् ।
अस्पतालमा रगतको चरम अभाव रहेको कुरा बाहिर आएपछि रक्तदान कार्यक्रम आयोना गरिएको नेपाल औषधी व्यवसायी संघ इटहरी इकाई कमिटी सदस्य कुल बहादुर कार्कीले बताए । उनले आगामी दिनमा पनि आवश्यक परे यस्तो कार्यक्रम आयोना गरिने समेत बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP