डाक्टरमाथि दुर्व्यवहार गर्ने बीपी प्रतिष्ठानका लेखा अधिकृत रायमाझि निलम्बित

दिप खबर
साउन ५, २०७८

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लेखा अधिकृत कमल रायमाझी निलम्बनमा परेका छन् ।

आइतबार राति लेखा अधिकृत रायमाझिले मादक पदार्थ सेवन गरी डा.विप्लव कार्कीको निवासमा गएर तत्काल रुम खाली गर्न धम्की दिँदै दुर्व्यवहार गरेका थिए । सोमबार कार्कीले इलाका प्रहरी कार्यालय धरानमा आफूमाथि अन्याय परेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा अभद्र व्यवहारमा जाहेरी दर्ता गराएपछि रायमाझिलाई निलम्बन गरिएको बीपी प्रतिष्ठानका सहायक प्रवक्ता डा.चुडामणि पोखरेलले जानकारी दिए ।

रायमाझी प्रतिष्ठानको आर्थिक प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत थिए । डा.कार्कीलाई दुर्व्यहार गरेर फरार भएका उनलाई प्रहरीले पक्राउ नगरेको भन्दै काम छाडेर आन्दोलनमा उत्रिएका प्रतिष्ठानका ३ सय ५० जना चिकित्सक मंगलबार पनि काममा फर्किएका छैनन् ।

आन्दोलनमा उत्रिएका जुनियर डाक्टरहरुले तत्काल रायमाझीलाई पक्राउ नगरेसम्म काममा नफर्किने प्रतिष्ठानको जुनियर रेसिडेण्ड वल्फेयर सोसाइटीका उपाध्यक्ष डा।पदम नेपालीले बताएका छन् ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले रायमाझीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP