सुनसरीमा यूथ फोर्स गठन, संयोजक सुजन लामा, सहसंयोजक विवेक राई

दिप खबर
साउन ३, २०७८


नेकपा एमालेको जन वर्गीय सङ्गठन यूथ फोर्स सुनसरीको संयोजकमा सुजन लामा चयन भएका छन् । सहसंयोजकमा विवेक राई रहेका छन् ।
पार्टी जिल्ला नेता रेवती रमण भण्डारीको प्रमुख आतित्थयता तथा राष्ट्रिय युवा सङ्घ केन्द्रीय कमिटी सचिव देवानन्द मेहताको विशेष आतिथ्यमा सम्पन्न बैठकले कमिटी चयन गरेको हो । यस्तै मिडिया फोकल पर्सनमा सुनिल कार्की रहेका छन् । बैठकले केही दिनमा बाँकी रहेको पद पनि पूर्ति गर्ने तयारी रहेको संयोजक लामाले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले यूथ फोर्स गठन भएपछि युवाहरूको सङ्गठन अझ सशक्त बनाएको बताए । उनले नयाँ कमिटीले जिल्लामा रहेका युवाहरूलाई सङ्गठित गर्दै युवाहरूलाई हरेक कालखण्डमा तयारी रहन समेत आग्रह गरे ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP