एभिन्युज टेलिभिजनले समाज नायकको रूपमा तिन जनालाई सम्मान गरेको छ । टेलिभिजनको १४ औँ वार्षिक उत्सवको अवसरमा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, देशबन्धु बस्नेत र शिव घिमिरेलाई सम्मान गरेको हो ।
उनीहरूलाई कोरोना सङ्कटमा निजी क्षेत्रले देखाएको तत्परता र क्रियाशिलले समाजलाई टेवा पुगेको भन्दै समाज नायकको रूपमा टेलिभिजनले सम्मान पत्र सहित सम्मान गरेको छ । कोरोना सङ्क्रमितले अस्पतालमा बेड नपाई रहेको अवस्था, अक्सिजन सिलिन्डरको हाहाकार भएको समय तथा कठिन परिस्थितिमा उनीहरूले आम समस्यामा परेका नेपालीलाई सहयोग गरेका थिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP