भोजपुरको पौवादुङमा गाउँपालिकाले सबै समुदायिक विद्यालयका २७ सय विद्यार्थीहरुलाई ६० लाख बराबरको शैक्षिक सामाग्री वितरण गरेको छ ।
शुक्रबार गाउँपालिकाले गैरसरकारी संस्थासँग मिलेर आफ्नो क्षेत्रभित्रका २३ वटा सामुदायिक विद्यालयका २ हजार ७ सय विद्यार्थीलाई प्रतिविद्यार्थी १८ प्रकारका एक झोला शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।
शिशु कक्षादेखि ८ कक्षासम्मका विद्यार्थीलाई वितरण गरिएको झोलामा पाँच वटा पेन्सील, ६ वटा अभ्यास कपी, एक बाकस रंगिन पेन्सील, एक थान स्टेसनरी झोला, एक थान स्केल, एक थान पेन्टीङ पेपर ग्लु, एक थान बलपेन, एउटा लन्च बक्स, एक थान पानीको बोत्तल, एक थान तौलिया, पाँच थान मास्क, दुइ थान साबुन, एक एक थान दन्त मन्जन र ब्रस, पाँच थान ब्यान्डेज, एक थान फेन्डसिप कार्ड र एक थान स्वाथ्य सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन (सीएफपी), रास्ट्रिय अपांगता पुनस्र्थापना समाज (एनआरडीएस)को सहयोग र समन्वयमा विद्यार्थीले ६० लाख बराबरको शैक्षिक सामाग्री पाएका हुन् । गाउँपालिका अध्यक्ष राईका अनुसार भोजपुरका ८ स्थानीय तह मध्ये पौवादुङ्मा गाउँपालिकाले मात्रै पाएको बताए । उनले भने ‘हामीले पहल गरेका थियौं । त्यसैले त भोजपुरमा हाम्रो गाउँपालिकाले मात्र पायो । यसमा यातायातदेखि सम्पूर्ण खर्च उहाँहरुकै हो,’
गाउँपालिकाले शैशिक गतिबिधिलाई चलायमान बनाउन तथा बालबालिकालाई सहज शिक्षा प्रदान गर्न यस अघि विभिन्न छात्रवृत्ति, कापीकलम, टकिङ टिचर्स बुक, कम्प्युटर, न्यानो कपडा समेत वितरण गर्दै आएको छ । पुस्तकालय निर्माण,साईन्स ल्याव निर्माण र ठुला पूर्वाधार निर्माण सहित पालिका भित्रका बिद्यालयमा पनि अब उच्च शिक्षा र गुणस्तरीय शिक्षा प्राप्ति गर्ने बाताबरण निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । उनले आगामी दिनमा कक्षा ११÷१२ मा थप अन्य बिषय थप गर्दै साना कक्षाहरूलाई थप आवसिय बिद्यालय संचालनमा ल्याउने र अगाडि बढ्ने महत्त्वकांक्षी योजना समेत पालिकाले अघि सारेको बताए ।
गाउँपालिका मातहतका विद्यालयमा वितरण गर्नुअघि भोजपुर सदरमुकाममा रहेको आधारभुत बहिरा आवासीय विद्यालयका १९ जना विद्यार्थीलाईसमेत यस्तै सामाग्री वितरण गरिएको विद्यालयका संस्थापक सिताराम ओझाले जानकारी दिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP