बीपी प्रतिष्ठानमा आन्दोलनरत पक्षको माग सम्बोधन गर्न सरकारद्वारा कार्यदल गठन

दिप खबर
साउन १, २०७८

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न सरकारले कार्यदल तयार गरेको छ । प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्याल संयोजक रहेको ८ सदस्य कार्यदल गठन गरेको हो । प्रतिष्ठानमा कार्यरत चिकित्सक नर्स र विद्यार्थीले प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलन गरेपछि सरकारले आन्दोलनरत पक्षसँग वार्ता र छलफल गरी समस्या समाधान गर्न अर्यालको संयोजकत्वमा ८ सदस्यीय कार्यदल बनाएको हो ।

कार्यालयले १५ दिनभित्रमा सरकारलाई प्रतिवेदन बुझाउने प्रधानमन्त्री कार्यालयका सहसचिव एवम् कार्यदलका सदस्यसचिव शङ्कर नेपालले बताए । सदस्य सचिव नेपालका अनुसार प्रतिष्ठान भित्रको समस्याको पहिचानसँगै त्यसका अल्पकालीन र दीर्घकालीन समस्या समाधानका लागि प्रतिवेदन तयार पारी सरकारलाई बुझाउनेछ ।

प्रधानमन्त्री एवम् कुलपति कार्यालयद्वारा बिहीबार सचिव अर्यालको अध्यक्षतामा निर्माण गरेको कार्यदलमा स्वास्थ्य मन्त्रालय, कानून मन्त्रालय, प्रधानमन्त्री कार्यालय, महालेखा नियन्त्रकको कार्यालय, सार्बजनिक खरिद अनुगमन र वीपी प्रतिष्ठानका प्रतिनिधि सम्मिलित शक्तिशाली कार्यदल गठन गरेको हो ।

कार्यदलले आजैबाट आफनो काम शुरु गर्ने जनाइएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP