माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज बिहान प्रवक्ता श्रेष्ठ कोटेश्वर पुगेर नेता नेपालसँग भेटवार्ता गरेका हुन् ।

दुई नेताबीच भेटवार्ता भएको, तर के विषयमा छलफल भयो भन्ने बारेमा जानकारी नभएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । नेपाललाई भेट्न प्रवक्ता श्रेष्ठ कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेता नेपालले मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहणमा सहभागि भएर बधाई दिएका थिए । एमालेमा एकताको प्रयास भइरहेका बेला नेता नेपाल प्रधानमन्त्री देउवाको शपथमा सहभागी भएको भन्दै उनको दलबाट चर्को आलोचना भइरहेको छ ।