बढ्यो सुनकाे मूल्य

बढ्यो सुनकाे मूल्य

नेपाली बजारमा सुनको मूल्य बढेको छ । प्रति तोलामा ३०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसै गरी तेजाबी सुनको मूल्य ९२ हजार २०० रुपैयाँ रहेको छ । सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । प्रति तोलामा ५ रुपैयाँले घटेर एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।