इटहरी २ को वडा कार्यालय र स्वास्थ्य चौकी भवनको उद्घाटन

इटहरी २ को वडा कार्यालय र स्वास्थ्य चौकी भवनको उद्घाटन

इटहरी वडा नम्बर २ को वडा कार्यालय र आधारभुत स्वास्थ्य चौकीको उद्घाटन भएको छ । मंगलबार एक कार्यक्रम गरी इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले भवन उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख चौधरीले इटहरी उपमहानगरपालिकाले पूर्वाधार निर्माणमा फडको मारेको दावी गरे । उनले समयमै वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सकेकोमा धन्यवाद ज्ञापन गरे

वडा कार्यालय उदघाटन कार्यक्रममा इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले यो कार्यकाल पूर्वाधार निर्माणमा कोशेढुगाँ सावित हुने बताइन् । उपमहानगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उनले बताइन् । उपमेयर गौतमले वडा कार्यालय भवनहरुको निर्माण,प्रत्येक वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण,वहुबर्षे योजना अन्र्तगत गाँउ गाँउका मूलवाटोहरु कालोपत्रे भएको बताइन् । ।

उहाँले पाँच बर्षे कार्यकालमा सम्झन लायक पूर्वाधार निर्माण गरिने बताइन् । इटहरी उपमहानगरपालिकामा वडा नम्वर २ को भवन यो कार्यकालमा निर्माण भएको पहिलो वडा कार्यालय भवन हो ।

सव इन्जिनियर खेम कुमार श्रेष्ठका अनुसार दुईतले वडा कार्यालय भवन १ करोड १७ लाख ६० हजारको लागतमा वनेको हो । आजै उदघाटन गरिएको आधारभूत स्वास्थ्य इकाई भवन ४९ लाख ९७ हजारमा निर्माण सम्पन्न गरिएको हो ।

वडा नम्वर २ का वडाध्यक्ष हर्क मगरले वडा नम्वर २ पारदर्शिताका सम्वन्धमा ऐना वरावर रहेको वताए । कार्यक्रममा कार्यपालिका सदस्य गंगाँ गुरुड, स्थानीय फूलराज सुवेदी, जग्गा दाता सुन्दरदेवी मन्दिर काब्य वाटिकाकी अध्यक्ष पुण्यप्रभा गुरागाँई र जसपा वडा नम्वर २ अध्यक्ष दुर्गा गुरुङले आफ्नै कार्यालय भवन भएपछि जनतालाई वडावाट सेवा लिन सहज भएको बताए ।