धरान : सामाजिक संजाल टिकटकको सकरात्मक प्रयोगकर्ता ‘नन क्वीन’ भनेर चर्चित बनेका आमाछोराले सुनसरीको वराहक्षेत्र वडा नं ९ का अति विपन्न परिवारलाई खाद्यान्य सामग्री वितरण गरेका छन्।
धरान १३ निवासी आमाछोरा भावना राई र बाबु पराजुलीले वराहक्षेत्र स्थित राजावासका ५० परिवारलाई उनीहरुले खाद्यान्य वितरण गरेको हुन्। खाद्यान्य प्याकेजमा चामल,दाल,नुन,तेल,न्युटिला र चना लगाएका खाद्यान्य वितरण गरेका हुन्। वराहक्षेत्रको यो क्षेत्र वाढिबाट जोखिम क्षेत्र हो । स्थानीयवासीहरु खाद्यान्य पाएपछि अत्याधिक खुसी भएका थिए ।
भावनाले आफूलाई सकरात्मक टिकटक बनाउन र आफूले सकेको सहयोग गर्ने आफ्ना श्रीमान निश्चल पराजुलीले निकै सहयोग गर्ने गरेको बताइन्। निश्चलले रातीको समय आफ्नो परिवारलाई दिने गरेको र परिवारको खुसीमा नै आफू रमाउने गरेको बताउँदै भने सबै दर्शकहरुले दुईजनाको अभिनयलाई अत्यधिक मन पराउनुका साथसाथै सकरात्मक टिस्पणीहरु गर्ने गर्नु भएको छ । त्यसैले मैले पनि श्रीमती र छोरालाई अझ प्रभावकारी टिकटक बनाउन हौसला दिने गरेको छु ।
हाल टिकटकमा आमाछोराको साढे ९ लाख बढी ‘फलोअर्स’ पुगेका छन् । ‘नन क्वीन’ नाम दिइएको टिकटकमा अहिले ४४.८ मिलियन लाइक्स, ९२८.७ के फलोअर छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP