प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन गरेका छन्। आइतविर बिहान महाबौद्धमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड १९ युनिफाइड सेन्ट्रल हस्पिटलको नवनिर्मित सर्जिकल भवन उद्घाटन गरेका हुन्।
भवन २०७४ साल फागुनमा प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए। यो कोरोना संक्रमित केन्द्रित उपचार भवन हो। कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कोरोना महामारीबाट जनताको जीवन रक्षा पहिलो कर्तव्य भएको बताए।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP