प्रदेश १ को नमुना मुख्यमन्त्रीमा पहाडी, सामाजिक विकास मन्त्रीमा भट्टराई

प्रदेश १ को नमुना मुख्यमन्त्रीमा पहाडी, सामाजिक विकास मन्त्रीमा भट्टराई

प्रदेश १ को नमुना मुख्यमन्त्रीमा विद्यार्थी नेता नविन पहाडी चयन भएका छन् । राष्ट्रिय युवा परिषदको नमूना युवा सांसद अभ्यासका लागि पहाडी प्रदेश १ को मुख्यमन्त्री चयन भएका हुन् । यस्तै सामाजिक विकास मन्त्रीमा विद्यार्थी नेतृ आरती भट्टराई चयन भएकी छिन् ।

राष्ट्रिय युवा परिषद्ले आर्थिक वर्ष २०७७–०७८ को ‘नमूना युवा सांसद अभ्यास’ कार्यक्रम अन्तरगत प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रीमा मौसम आचार्य, भूति व्यवस्था, कृषि, वन पर्यटन वातावरण तथा भौतिक पूर्वाधार विकास मन्त्रीमा सन्ध्या लिङ्देन र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा सफलता विश्वकर्मा चयन गरेको छ ।

परिषको नमुना सांसद अभ्यासमा शनिबार प्रदेशको नाम घोषणा गर्ने कार्यक्रम रहेको पहाडीले बताए ।