नेपाली काङ्ग्रेस इटहरी उपमहानगर समिति सभापतिमा प्रकाश बस्नेतको उमेद्धारी घोषणा

नेपाली काङ्ग्रेस इटहरी उपमहानगर समिति सभापतिमा प्रकाश बस्नेतको उमेद्धारी घोषणा

नेपाली काङ्ग्रेसको आगामी १४ औँ महाधिवेशनका लागि इटहरी नगर समिति सभापतिमा प्रकाश बस्नेतले उमेद्धारी घोषणा गरेका छन् । हाल नगर कमिटी सचिव रहेका बस्नेतले आज (शनिवार) आफ्नो उमेदधारी घोषणा गरेका हुन् । लामो समयदेखि पार्टीमा अग्रणी भूमिकामा रहेका बस्नेतले पार्टीलाई एक ढिक्का बनाउने, नयाँ नेतृत्वबाट संस्कारी काङ्ग्रेस बनाउने जस्ता प्रतिबद्धता जनाएर आफूले सभापति पदमा उमेदधारी दिएको जानकारी दिए ।

उनले पार्टी भित्र देखिएको गुटउपगुटलाई तोड्ने, बिपीको विचारधारालाई शिरोपर गर्दै युवाहरूलाई नेपाली काङ्ग्रेसको भावनात्मक सम्बन्धमा जोड दिने, पार्टीका अग्रज व्यक्तित्वहरूको भावनालाई सम्मान गर्दै,व्यक्तिवादी काङ्ग्रेस हैन सिङ्गो नेपाली काङ्ग्रेस बनाउन लागि पर्ने बताए ।

बस्नेतले पार्टी भित्रको ठेकेदार प्रथालाई अन्त्य गर्न, आम इटहरीवासीका हकहित र भावनाको कदर गर्न, बोलीमा हैन काम गरेर देखाउन आफ्नो उमेद्धार रहेको भनाई छ ।

यस्तै पार्टी र इटहरीवासीलाई फाइदा पुग्ने कार्यक्रम ल्याएर कार्यान्वयन गराउन, आउँदो निर्वाचनमा पार्टीलाई जिताएर अहिले सम्म कसैले नसकेको विकास र सुशासन दिलाउन समेत आफ्नो प्रतिबद्धता रहेको उल्लेख गरेका छन् । सम्पूर्ण कार्यकर्ताको मनोबल उच्च राख्ने काम गर्दै नेपाली काङ्ग्रेस भएकोमा आम कार्यकर्तालाई गर्व हुने महसुस गराउन हरदम लागि पर्ने बस्नेतले बताएका छन् ।

को हुन् प्रकाश बस्नेत ?

लोकतान्त्रिक मूल्य, मान्यताले नै देशलाई विकासको बाटोमा लिएर जान्छ भन्ने विश्वासमा अगाडि बढिरहेको नाम हो प्रकाश बस्नेत । राजनीतिलाई सेवाको भावले सम्मान गर्दै, आफ्नो इछ्यापुर्तिका निमित्त व्यवसायलाई अँगाल्दै आएका बस्नेत हाल नेपाली काँग्रेस इटहरी उपमहानगरपालिकामा कार्यसमितिका सचिव छन् ।
सोलुखुम्बु जिल्ला साबिक तिम्ला गाविसमा बि.स.२०३३ सालमा जन्मिएका बस्नेतले २०४९ सालमा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनमा प्रवेश गरे । २०५३ सालमा तरुण दलमा सक्रिय हुँदै राजनीति जीवनको फड्को मारे ।

तरुण दल साबिक पकली गाविसका सभापति, साबिक पकली नेपाली काँग्रेसका सचिव हुँदै २०७१ मा नेपाल सरकारले पकलि,हासपोसा ,इटहरी ,खनार गाविसलाई मर्ज गरी इटहरी उपमहानगरपालिका निर्माण गरेको थियो । नेपाली कांग्रेसले पनि साबिक विभिन्न कमिटीलाई मर्ज गरी इटहरी उपमहानगर समिति बनेको थियो ।

त्यस यता पार्टीको १३औं महाधिबेशनबाट बस्नेत नेपाली काङ्ग्रेस इटहरी उपमहानगर समितिको निर्वाचित सचिव रहेका छन् ।
बस्नेत पाटी भित्र मात्रै हैन इटहरीका विभिन्न सामाजिक संस्थामा समेत सङ्लन्न छन् ।

संशोधित कार्य तालिका अनुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसै गरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।