तत्कालीन महासचिव दाहाल भन्छन्ः होटल व्यवसायी सङ्घ विभाजित हुनुमा अध्यक्षको मुख्य हात छ

तत्कालीन महासचिव दाहाल भन्छन्ः होटल व्यवसायी सङ्घ विभाजित हुनुमा अध्यक्षको मुख्य हात छ

होटल व्यवसायी सङ्घ इटहरी विभाजित हुनुमा अध्यक्षको मुख्य हात रहेको तत्कालीन महासचिव उमेश दाहालले आरोप लगाएका छन् । पटक पटक वार्ताको माध्यमबाट समस्या समाधान गरौँ भन्दा कुनै चासो नदिएकै कारण सङ्घ विभाजित अवस्थामा आएको बताएका हुन् ।

नेतृत्व लिएपछि सबैलाई समान रूपमा व्यवहार गर्दै संस्थालाई अगाडी बढाउनु पर्नेमा कसैलाई काखा कसैलाई पाखा बनाएर आफ्नो स्वार्थमा रमाएको दाहालले आरोप लगाए । दिपखबरसँगको कुराकानीमा दाहाले भने ‘२५ सदस्य भएको सङ्घमा ११ औँ महाधिवेशनमा तपाई नै अध्यक्ष बन्नु सहयोग गर्छौँ, हामीलाई एक वरिष्ठ उपाध्यक्ष र महासचिव सहित ८ सदस्य दिनु भनेका थियौँ । तर उहाँले यस विषयमा चासो राख्नुभएन । माथिबाट निर्देशन आएको छ । यसो गर्न मिल्दैन भन्नु भयो । यति सानो संस्थामा माथिको आदेश मान्नुपर्ने ? उहाँले जे भन्नु हुन्छ हामीले त्यही मान्ने ?’ उनले अझ थपे ‘४० हजार खातामा भएको संस्थालाई ७ लाख बनाउने साथीहरू विसिर्नु भयो ।’

व्यवसायीको संस्था भएकाले सडकका पेटीमा बस्ने व्यवसायी देखि पाँचतारे होटल सम्मको नेतृत्व गर्नु पर्नेमा कुनै पार्टीको भातृ सङ्गठन बनाएर सङ्घलाई बदनाम बनाएको उनको भनाई छ । आस्था जुनसुकै पार्टी, दलमा भए पनि व्यवसायको हितको निम्ति बनेको संस्था दलीय स्वार्थमा लागेकोमा आफुँलाई दुख लागेको दाहालको गुनासो छ ।

१२ वर्ष सचिव बनेको संस्थाबाट आफुँलाई बाहिरिन मन नभए पनि व्यक्ति र पार्टी हाबीको कारण फरक समिति निर्माण गरेको दाहालले बताए ।

कुनै पार्टीको आदेश, निर्देश विना व्यवसायीको हकहितका निम्ति काम गर्ने समेत दाहालको जोड छ ।

२०५२ सालमा स्थापना भएको होटल तथा लज व्यवसायी सङ्घ र २०६५ सालमा स्थापना भएको होटल व्यवसायी सङ्घ इटहरी बिच २०७० सालमा तत्कालीन अनुरोध थापाको अध्यक्षतामा एकता भएको थियो । त्यस यता हालका अध्यक्ष जीवन पराजुलीले नेतृत्व गर्दै आएका छन् ।