सवारी दुर्घटनामा परी एमाले नेता प्रसाईको मृत्यु

सवारी दुर्घटनामा परी एमाले नेता प्रसाईको मृत्यु

नेकपा एमाले झापाका नेता ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

शुक्रबार विहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर –९ स्तिथ चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोडका प्रसाई आफै बा १६ च ८१८२ नं. को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा देवकोटाको शालिकमा ठोक्किएर दुर्घटनामा परेका थिए ।

उनको बायाँ खुट्टा र भित्री चोट लागि घाइते भई उपचारको लागि मेची अस्पताल भद्रपुर झापा पठाएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेको छ ।