होटल व्यवसायी संघ इटहरीको अध्यक्षमा पुनः पराजुली

दिप खबर
असार २५, २०७८

होटल व्यवसायी संघको ११औं अधिबेशनबाट अध्यक्षमा पुनः जीवन पराजुली चयन भएका छन् । शुक्रबार इटहरी उद्योग वाणिज्य संघको हलमा भएको अधिबेशनले सर्वसहमत रुपमा पराजुलीलाई अध्यक्ष बनाएको हो ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा नवराज काफ्ले, उपाध्यक्षहरु प्रकाश महतो, पुनम थापामगर र कृष्ण निरौला रहेका छन । महासचिवमा जय प्रकाश उपाध्याय, सचिवमा आरोन कार्की, कोषाध्यक्षमा बाबुराम गिरी र सह कोषाध्यक्षमा टिकाबहादुर कटुवाल छन्

त्यस्तै सदस्यहरुमा रुपा कार्की, दामोदर बिडारी, नविन चौधरी, शिव तामाङ, बिनोद गुरुङ, कृष्ण पराजुली, राजु श्रेष्ठ , बिशाल प्रधान, प्रमोद थापा, ख्याम राज राई, खेमराज घिमिरे र गंगा बहादुर पुरी रहेका छन्।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP