होटल तथा लज व्यवसायी इटहरीको समितिमा अध्यक्षमा उमेश दाहाल चयन भएका छन् ।
बिहीबार (आज) इटहरीमा भएको २५औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनले दाहाललाई अध्यक्षमा चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा राम कार्की, उपाध्यक्ष प्रथम कैलाश विष्ट, उपाध्यक्ष द्वितीय प्रीति माया सुनवार त्यस्तै महासचिव दीपक पोखरेल, कोषाध्यक्ष राजन बस्नेत रहेका छन् । महाधिवेशनले सचिवमा विनोद कार्की, सह कोषाध्यक्ष रुपेश दाहाललाई छनौट गरेको छ ।
सुनसरी क्षेत्र नम्बर ३ का प्रदेश सांसद लिलम बस्नेतको प्रमुख आतिथ्ययतामा भएको अधिवेशनले नयाँ समिति चयन गरेको हो ।
कार्यक्रममा बोल्दै नवनिर्मित समिति अध्यक्ष दाहालले यस समिति व्यावसायिक हकहितमा डटेर लाग्ने बताए । उनले सङ्कटमा परेका व्यवसायीलाई चलायमान बनाउन हरकदम लागि पर्ने बताए । ‘यस समितिले साना देखि ठुला व्यवसायलाई समान ढङ्गले व्यवहार गर्ने छ, म सँग २० औँ वर्ष देखिको लामो अनुभव छ, होटल व्यवसायलाई कसरी आर्थिक, सामाजिक क्षेत्रबाट चिनाउन सकिन्छ भन्ने बारे प्रष्ट भिजन अनुसार काम गर्नेछु,’ दाहालले भने ।
त्यस्तै प्रमुख अतिथि बस्नेतले व्यवसायीको भावना अनुसार काम गर्न शुभकामना दिए । व्यवसायीको समस्यामा हरकदम साथ रहन समेत उनले सुझाव दिए ।
लामो समय देखि आर्थिक सङ्कटमा परेको होटल तथा व्यवसायलाई अगाडी बढाउन आफ्नो क्षेत्रबाट पनि सक्दो पहल गर्ने सांसद बस्नेतले बचन दिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP