इटहरीकी १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ

दिप खबर
असार २३, २०७८

इटहरीकी १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले आरोपित दिलिप श्रेष्ठलाई गत असार २१ गते साझँ ७ बजे लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको हो ।
इटहरी घर भएकी बालिकालाई गत जेठ २० गते मोरङको सुन्दरहरैंचा ६ बस्ने २१ वर्षीय श्रेष्ठले जबरजस्ती करणी गरी फरार रहेका थिए । उनलाई सोही वडाबाट एक महिनापछि पक्राउ गरिएको प्रहरी जनाएको छ ।
पक्राउ गरेका श्रेष्ठलाई जबरजस्ती करणी मुद्धामा जिल्ला अदालतसुनसरीबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP