सुनसरीमा एक सय पचास केजी गाँजा बोकेको गाडी सहित २ जना पक्राउ

सुनसरीमा एक सय पचास केजी गाँजा बोकेको गाडी सहित २ जना पक्राउ

सुनसरी बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे स्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडी सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय भुपेन राय र सुनसरी रामधुनी ७ का २५ बर्षीय अमिर लिम्बु रहेका छन् ।
मंगलबार बिहान राती १ बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चतराबाट आईरहेको को२च ११२ नम्बरको मारुती भेन र को २ प ३५०२ नम्बरको मोटरसईकललाई नियन्त्रणमा लिई चेकजाच गर्ने क्रममा भेनबाट लागूऔषध गाँजा १५० के.जि. र सिटमा राखिएको अवस्था १ थान नक्कली रिवलबल पेस्तोल सहित फेला परेको थियो ।

प्रहरीलाई देख्न साथ तत्काल फरार रहेका २ जनाको खोजी कार्य भईरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।