जिल्ला प्रशासन कार्यालय सुनसरीले असार २३ गतेबाट जिल्लाभर निजी तथा सार्वजनिक यातायात जोरबिजोर प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले निषेधाज्ञा कायम रहेपनि सर्वसाधरणलाई आवतजावतमा समस्या नहोस् भन्दै जोरविजोर प्रणालीबाट यातायात सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।
सवारी साधन सञ्चालन गर्दा कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, सबै यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाएको हुनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउने सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्नेछ। अनिवार्य रूपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्नेछ , अन्य तोकिएको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नु पर्ने प्रशासनले बताएको छ ।
त्यस्तै जिल्लामा सञ्चालित कृषि थोक बजार बिहान ४ बजे देखी बिहान १० बजे सम्म सञ्चालन गर्न पाइनेछ । यात्रुहरूको सुविधालाई मध्यनजर गरी राजमार्ग छेउछाउका होटल तथा रेस्टुरेन्टहरू बिहान ८ बजे देखी बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाउने तर भौतिक दुरी, साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग साथै कर्मचारी तथा कामदारले अनिवार्य मास्क तथा पन्जा प्रयोग गर्न समेत प्रशासनले आग्रह गरेको छ ।
सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, डान्स बार सैलुन, ब्युटी पार्लर, जिम खाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, आदि सञ्चालन गर्न नपाइने गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा प्रशिक्षण जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गगर्न भनिएको छ ।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP