वाइसीयल इटहरीद्धारा वडा अध्यक्ष चौधरीलाई तत्काल कारबाही गर्न माग

दिप खबर
असार २१, २०७८

नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन वाइसीयल नेपालले इटहरी–८ का वडा अध्यक्ष रोहित चौधरीलाई कारबाहीको माग गरेको छ ।

वाइसीयल नेपालका सोही वडाका इन्चार्ज अविनाश राजधामीलाइ राहत वितरण गरेको भन्दै वडाध्यक्ष सहितको समूहले कुटपिट गरेको भन्दै विज्ञप्तिमार्फत कारबाहीको माग गरिएको हो ।

वाइसीयल नेपाल इटहरी उपमहानगर समितिका अध्यक्ष अविनाश लिम्बुले विज्ञप्ति जारी गदै अहिलेको अवस्थामा फरक राजनीतिक आस्थाकै कारण सङ्गठनका नेता माथि कुटपिट हुनु आपत्तिजनक विषय भएको बताएका छन् ।

वडा अध्यक्षले २४ घण्टा भित्र माफ नमागे आफूहरूले अर्को चरणको सङ्घर्ष गर्ने बताएका छन् ।

उनले निर्वाचित जनप्रतिनिधिबाट यस्तो किसिमको हर्कत हुनु राम्रो सङ्केत नभएको बताएका छन् । उता पीडित राजधामीले विपन्न घर परिवारलाई राहत वितरण गर्दा कुटाइ खानु परेको भन्दै दुख व्यक्त गरेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP