अनेरास्ववियु जिल्ला कमिटीले सहिद स्मृति आवशीय विद्यालयमा लगाएको ताला अढाई महिना पछि खोलेको छ । विद्यालयमा भएका आर्थिक अनियमितता, भ्रष्टाचार लगायतका विषय टुङ्गो लगाउन माग गर्दै गत वैशाख १२ गते विद्यालयको गेटमा लगाएको ताला आज (आइतबार) खोलेको हो । अनेरास्ववियुले ताला लगाएको भन्दै उच्च अदालत विराटनगरमा निवेदन परेको थियो ।
अदालतले शैक्षिक गतिविधिलाई चलायमान बनाउन, २०७८ सालको एसइई परीक्षाको आन्तरिक मुल्याङ्कन गर्न भन्दै ताला खोल्ने आदेश दिएको छ ।
नेकपा एमाले समर्थक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले उच्च अदालतको आदेशलाई स्वागत गर्दै ताला खोलिएको जानकारी दिएको छ । जिल्ला अध्यक्ष रोशन रेग्मीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अनेरास्ववियु अदालतको अन्तरिम आदेशलाई स्वागत गर्दछ, विद्यालयको स्थापना कालदेखि हाल सम्मको अनियमितता तथा बेतिथिहरुलाई निष्पक्ष छानबिन प्रक्रियामा अगाडी बढाउने आशय व्यक्त गरेकाले विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै तालाबन्दी खुल्ला गर्ने निर्णय भएको छ ।’
विद्यालयमा भएको आर्थिक अनियमितता, भ्रष्टाचारको भएको भन्दै स्थानीयले एक सङ्घर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् ।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP