कोपा अमेरिका : सेमिफाइनल समीकरण पूरा

असार २०, २०७८

ब्राजिलमा जारी दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता कोपा अमेरिकाको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान क्वाटरफाइनलका खेल सकिएसँगै सेमिफाइनल प्रवेश गर्ने ४ टोलीको टुङ्गो लागेको हो । 

यसपटकको कोपा अमेरिकामा ब्राजिल पेरु, कोलम्बिया र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाउँदा चिली, पाराग्वे, उरुग्वे र इक्वाडरको यात्रा भने क्वाटरफाइनलबाटै टुङ्गिएको छ ।  सेमिफाइनलका खेल मंगबार र बुधबार हुनेछन् ।

सेमिफाइनलमा यी टिम भिड्नेछन्ः

​ब्राजिलविरुद्ध पेरु 

ब्राजिलले चिली र पेरुले पाराग्वेको चुनौतीलाई पार गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । यी दुईबीचको खेल मंलबार बिहान पौने ५ बजे निल्टन सान्तोष फुटबल मैदानमा हुनेछ ।

अर्जेन्टिनाविरुद्ध कोलम्बिया

अर्जेन्टिनाले इक्वेडर तथा कोलम्बियाले उपाधि दाबेदार मनिएको उरुग्वेलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।  यी दुईबीचको खेल बुधबार बिहान पौने ७ बजे माने गारिन्चा फुटबल मैदानमा हुनेछ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP