राष्ट्रिय युवा सघं सुनसरीले आज (शुक्रबार) बाट बृहत वृक्षारोपण कार्यक्रम सुरु गरेको छ ।
नेकपा एमाले समर्थक युवाहरुको संगठनले सुनसरी जिल्लाभर १० हजार विरुवा रोप्न लागेको हो । जिल्लाका महत्वपुर्ण स्थान सार्वजनिक स्थान, मठमन्दिर, खोला आसपास वृक्षारोपण गर्ने कार्यक्रम रहेको राष्ट्रिय युवा सघं जिल्ला अध्यक्ष अरुण गुरुङले जानकारी दिए । शुक्रबार इटहरी स्थित संगित साधना प्रतिष्ठानबाट वृक्षारोपणको सुरुवात गरिएको हो ।
साउन ७ गते सम्पन्न हुने कार्यक्रम धरान स्थित सर्दु जलाधार क्षेत्रमा करिब २५ सय विरुवा रोपिने अध्यक्ष गुरुङले बताए । उक्त कार्यक्रममा जिल्लाका गाउँपालिका, नगरपालिका, उपमहानगर कमिटी, जिल्ला कमिटी, केन्द्रिय कमिटी तथा नेकपा एमालेका नेता तथा कार्यकर्ताको उपस्थित रहने बताइएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP