इटहरी प्रहरीद्धारा नगद तथा ग्याँस सिलिन्डर चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ

दिप खबर
असार १८, २०७८

इलाका प्रहरी कार्यालय इटहरी चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

इटहरीका विभिन्न स्थानबाट नगद तथा ग्याँस सिलिन्डर चोरी गरेको आरोपमा भिन्नाभिन्नै स्थानबाट दुईजनालाई पक्राउ गरिएको हो ।

गत असार १२ गते इटहरी ३ बस्ने अनन्तप्रसाद पौडेलको घरमा रहेको नगद एक लाख ५३ हजार र १४ हजार बराबरको सुनको लकेटसमेत चोरी गरेको आरोपमा असार १६ गते (बुधबा) इटहरी ३ बस्ने २९ वर्षीय सुमन तामाङलाई पक्राउ गरिएको डीएसपी अर्जुन केसीले बताए । उनको कोठाबाट प्रहरीले ६९,५०० रुपैँया समेत फेला पारेको जनाएको छ ।

यस्तै, असार १५ गते इटहरी ६ स्थित कुलनयन ट्रेडर्सबाट ग्याँस सिलिन्डर चोरी भएको भन्ने सूचनाका आधारमा प्रहरीले धरान १९ बस्ने २४ वर्षीय सुरज परियारलाई पक्राउ गरेको छ ।

चोरीपछि खोजतलास गर्ने क्रममा मोरङ सुन्दरहरैँचा ३ की कान्छीमाया परियारको घरमा बसेको अवस्थामा ग्याँस सिलिन्डरसहित सुरजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनामाथि चोरी मुद्धामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP