आश्रय वेलफेर संस्थाले गर्याे कोरोना संक्रमितको घरमा सेनिटाइज

दिप खबर
असार १५, २०७८

आश्रय वेलफेर संस्थाले कोरोना संक्रमितका घरघर पुगेर सेनिटाइज गरेको छ । कोरोनाको बढ्दो संख्यालाई ध्यान दिदैं घरघरमा गएर सेनिटाइज गरेको संस्थाका अध्यक्ष शम्भु राईले जानकारी दिए । संस्थाका उपाध्यक्ष विनम राईको नेतृत्वमा सामाजिक अभियान्ता हिमाल थापा र सुरक्षा थापाले इटहरी २ का ४ घरमा गएर सेनिटाइज गरेको जानकारी दिए । समाजमा अझै पनि संक्रमणको दर कम भईनसकेको अबस्थामा संक्रमितको घरमा सेनिटाइज गरे अन्य घरमा सर्ने सम्भावना कम हुने भएकाले सेनिटाइज गरिएको अध्यक्ष राईले बताए । संस्थाले यस कार्यलाई निरन्तरता दिदैं जाने समेत बताएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP