बालिका बलात्कार गरेको आरोपमा ३२ वर्षीय पुरुष पक्राउ

बालिका बलात्कार गरेको आरोपमा ३२ वर्षीय पुरुष पक्राउ

भक्तपुरमा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

दोलखा बैतेश्वर गाउँपालिका-४ घर भइ हाल भक्तपुर नगरपालिका-९ चोखा बस्ने ३२ वर्षीय वसन्त दमाईलाई महानगरीय प्रहरी परिसर भक्तपुरले हिजाे(साेमबार) पक्राउ गरेको हो । 

पीडित बालिकाकी आमाले किटानी जाहेरी दिएपछि प्रहरीले दमाईलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।