भारतमा २४ घण्टामा ४६ हजार संक्रमित, ९७९ जनाको मृत्यु

असार १४, २०७८

भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको भएपनि मृत्यु हुनेको संख्या भने घटेको छैन । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ९७९ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा ४६ हजार १४८ संक्रमित भएका छन् । 

योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ९६ हजार ७३० पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म कुल संक्रमित संख्या ३ करोड २ लाख ७९ हजार ३३१ पुगेको छ भने अहिले भारतमा ५ लाख ७२ हजार ९९४ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५८ हजार ५७८ संक्रमण मुक्त भएका छन् । भारतमा अहिलेसम्म २ करोड ९३ लाख ९ हजार ६०७ संक्रमण मुक्त भएका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल ४० करोड ६३ लाख ७१ हजार २७९ नमुना परिक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १५ लाख ७० हजार ५१५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP