धनकुटामा सवारी दुर्घटनामा नाै जना घाइते

धनकुटामा सवारी दुर्घटनामा नाै जना घाइते

धनकुटामा नेपाली सेना र जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको गाडी आपसमा ठोक्किदा ९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दुर्घटनामा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाई, उनका चालक शिवबहादुर खड्का र नेपाली सेनाका ७ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार धनकुटाको हिलेबाट धरानतर्फ गइरहेको नेपाली सेनाको नेपाली सेनाको दुई नम्बर बाहिनी अड्डा हिलेको प्र.३–३०१ ००१–३७१९ नम्बरको गाडी र धरानबाट धनकुटातर्फ गइरेहेको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको बा १ झ ८७१२ नम्बरको जीप मुलघाट नजिकै ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुईवटा गाडी ठोक्कीदा सेनाको गाडी सडकबाट डिलमुनि खसेको थियो भने स्वास्थ्य कार्यालयको गाडी पनि क्षति भएको छ ।