आज देशका धेरैजसो ठाउँमा मध्यम खालको पानी पर्ने

आज देशका धेरैजसो ठाउँमा मध्यम खालको पानी पर्ने

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरैजसो ठाउँमा बदली भएर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

देशभर नै मनसुनी वायुको प्रभाव रहेको र त्यसैको प्रभावले मौसम बदली हुने सम्भावना रहेको छ । । प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा पनि मौसम बद्ली भएर सामान्य पानी पर्ने सम्भावना रहेको छ । पर्सि बुधवारदेखि भने मनसुनी न्यूनचापीय रेखा नजिक आएर मनसुन थप सक्रिय भइ देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

बुधवार थप सक्रिय हुने प्रणालीका कारण बिहिवारदेखि केही दिन देशका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।