बंगलादेशमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु, ५० घाइते

असार १४, २०७८

बंगलालेशमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् । बंगलादेशको राजधानी ढाकाको मोघबजार क्षेत्रमा रहेको एक भवनको रेष्टुराँमा बिस्फोट भएको हो । बिस्फोटका कारण अन्य सातवटा घरहरुमा क्षति पुगेको छ भने पार्किङमा राखिराखेका ८ वटा सवारीसाधनसमेत क्षति पुगेको छ ।

घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP