दुब्लो, पातलो हुनुहुन्छ ? यी हुन् सजिलै मोटाउने घरेलु उपाय

दुब्लो, पातलो हुनुहुन्छ ? यी हुन् सजिलै मोटाउने घरेलु उपाय

कोहि व्यक्तिहरु जति सुकै प्रोटिनयुक्त वा सन्तुलन खाना खाए पनि एकदम दुब्लो, पातलो र कमजोर हुन्छ। बिहानको खाजादेखि बेलुकाको भोजनसम्म मिलाएर खाँदा पनि अत्ति नै दुब्लो र वजन कहिल्यै नबढ्ने समस्या प्राय व्यक्तिमा देखिन्छ। वजन अधिक कम हुँदा शरीरको रोग प्रतिरक्षा प्रणाली कमजोर हुन्छ। केही सजिला घरेलु उपाय छन् जस्ले सजिलैै मोटाउन मद्दत गर्दछ । 

 -एक गिलास दुधमा आधा चम्चा दालचिनीको धुलो र एक चम्चा मह मिलाएर दैनिक पिउने गर्नुस्।

– १०-१५ सुकेको अंगुर (किसमिस) तातोपानीमा राती भिजाउनुस् । बिहान यसको पानी र दाना खानुस्।

-राती ६-७ चम्चा चनाको दाललाई काँचो दुधमा भिजाएर राख्नुस्। बिहान यसमा ५-६ किसमिस र मिश्री मिलाएर खानुस्।

-१-१ चम्चा मह र बेसार मिसाउनुस्। यसरी नियमित खाँदा दुब्लोपन टाढा भाग्छ।

-४-५ छोकडा २-३ काजू, २ बदाम, र एक गिलास दुध उमाल्नुस्। यसमा दुई चम्चा मिश्री मिलाएर नियमित सुत्नु अघि पिउनुस्।

-बिहान बेलुका २ वा ३ केरासंगै एक गिलास दुध पिउँनुस्।

-अमलाको धुलोसँग मिश्री मिसाएर सुत्नु अघि नियमित खानुस्।

-खाना खाएपछि दुई चम्चा घ्यूमा एक चम्चा मह मिसाएर खानुस्।

-सुप र मिश्री बराबर मिसाएर नियमित दुई चम्चा (धुलो बनाएर) खानुस्।

-२ चम्चा मेथीलाई एक गिलास पानीमा करिब ५ घण्टा भिजाउनुस्। अनि उमाल्नुस् र छानेर २ चम्चा मह मिसाएर पिउनुस्।