सुनचाँदीको मूल्यमा सामान्य बृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा सामान्य बृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साता शुक्रबार ९० हजार ५०० रुपैयाँमा कारोबार सुनको भाउ आज तोलामा २०० रुपैयाँ बृद्धि भएका हो । 

आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजावी सुन ९० हजार २०० रुपैयाँ रहेको छ । यता, चाँदीको मूल्य पनि सामान्य बढेको छ । शुक्रबार एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।