नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि जारी रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा मन्त्रिपरिषद विस्तारविरूद्धको सर्वोच्च अदालतको आदेश, पार्टी विवाद र एमाले महाधिवेशन तथा माधव नेपाल पक्षको राजनीतिक गतिविधि र सम्भावित कदमबारे छलफल एवं समीक्षा भइरहेको जनाइएको छ ।
आजको बैठकमा पनि नेपाल पक्षधर कोही पनि नेता सहभागी छैनन् । पार्टी विवाद हल गर्ने प्रयत्नस्वरूप पटक/पटक स्थगित गरिएको बैठक आज बसेको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP