सुनसरीमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु, दुई जना घाइते

सुनसरीमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु, दुई जना घाइते

सुनसरीको कोशी गाउँपालिका ८ भन्टावारिमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार बिहान करिब ७ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको बा३ख७२२४ नम्बरको हायसले पश्चिमबाट पूर्वबाट आइरहेको स१च४६६१ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकललाई ठक्कर दिएको हायस अनियन्त्रित हुँदा सडकमा गुडिरहेको पिक अप भ्यानलाई पनि ठक्कर दिएको थियो ।
दुर्घटनामा परि मोटरसाइकल चालक जिल्ला सप्तरी डाक्नेश्वरी ५ बस्ने बर्ष २८ कोउदयत साह, पछाडि सवार मोरङको विराटनगर ९ घर भएका रामप्रसाद साह त्यस्तै पिक अप भ्यान चालक मोरङको विराटनगर ७ का ३५ वर्षीय अजय कुमार साह गम्भीर घाइते भएका थिए । घाइते भएका तीनै जनाको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
यस्तै दुर्घटनामा परि हायस चालक नुवाकोट जिल्लाको विदुर नगरपालिका १३ का ३५ वर्षीय विवश साह र सहचालक सोही ठाउँका २५ वर्षीय नारायण बस्याल घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ । दुर्घटनामा रहेका सवारीसाधनलाई प्रहरीले नियन्त्रण्मा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।