महोत्तरीको गौशालामा जंगली हात्तीले सातवटा घर भत्काएको छ। गौशाला नगरपालिका १० स्थित मराहा खोला छेउको बडर्वा टोलमा गएराति जंगली हात्तीले ७ वटा घर भत्काएको हो।
राति करिब १० बजे बस्तीमा प्रवेश गरेको एउटा हात्तीले स्थानीय केशव बहादु सिजाली, मानबहादुर विश्वकर्मा, मंगल बहादुर विश्वकर्मा, धन बहादुर खड्का, बिना माया बस्नेत, प्रदीप खड्का र रेशम बहादुर खड्काको घर भत्काएको स्थानीय देवलाल महतोले जानकारी दिए।
हात्तीले घर भत्काउन थालेपछि स्थानीयले भागेर ज्यान बचाएका थिए। विगत केही दिनदेखि गौशाला क्षेत्रमा जंगली हात्तीको आतंकले त्रास फैलिएको छ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP