युरो कप : डेनमार्क र इटाली क्वाटरफाइनलमा प्रवेश , आज २ खेल हुने

दिप खबर
असार १३, २०७८

डेनमार्क र इटाली युरोपेली देशहरुको फुटबल प्रतियोगिता युरो कप २०२० को क्वाटरफाइनलमा पुगेका छन्  । डेनमार्कले वेल्सलाई ४–० गोल अन्तरले र इटालीले अष्ट्रियालाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थानमा पुगेका हुन्  । 

प्रतियोगिता अन्तर्गत आज २ खेल हुदै छन्  । आज नेपाली समय अनुसार साँझ ९ः४५ बजे नेदरल्याण्ड  र चेक रिपब्लिक भिड्ने छन् । यो खेलको बिजेताले सेमिफाइनल प्रवेशको लागि डेनमार्कसंग खेल्ने छ  । त्यस्तै राति १२ः४५ बजे बेल्जियम र पोर्चुगल भिड्दै छन् । यो खेलको बिजेताले सेमिफाइनल प्रवेशको लागि इटालीसंग खेल्ने छ ।

नेदरल्याण्ड समुह सीको समुह बिजेता हो । नेदरल्याण्डले समुह चरणमा  सबै खेलमा जित हात पारेको थियो । चेक रिपब्लिक समुह डिको तेस्रो स्थानमा रहेको टोलि हो । उसले समुह चरणमा १ जित, १ हार र एक बराबरी खेलेको थियो । त्यस्तै बेल्जियम समुह बिको समुह बिजेता हो । बेल्जियमले समुह चरणमा  सबै खेलमा जित हात पारेको थियो । पोर्चुगल समुह एफको तेस्रो स्थानमा रहेको टोलि हो । उसले समुह चरणमा १ जित, १ हार र एक बराबरी खेलेको थियो । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP