इटहरी उपमहानगरपालिकाद्वारा २१ वटा उन्नत वोयर जातका बोका वितरण

दिप खबर
असार १२, २०७८

इटहरी उपमहानगरपालिकाले २१ वटा उन्नत वोयर जातका वोका वितरण गरेको छ । एक कार्यक्रमका विच उपमेयर लक्ष्मी गौतमले कृषक समूह हरुलाई वोका वितरण गरेकी हुन् ।

इटहरी उपमहानगरपालिका पशुपंक्षि शाखा प्रमुख दुर्गा श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्र्तगत कृषि फर्महरुलाई १३ वटा वोका ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो ।
अरु वोका वाख्रा पकेट कार्यक्रम लागु भएको इटहरी १८ को शिहंदेवी कृषि शहकारी संस्थामा आवद्ध कृषी समूहलाई वितरण गरिएको हो । यसमा कृषकको ३३ प्रतिशत लागत साझेदारी रहेको छ ।

त्यहाँका कृषकहरुलाई केहि दिन भित्रैमा सय वटा वोयर जातका पाठी वितरण गर्ने कार्यक्रम रहेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । शुक्रबार वितरण गरिएको वोकाको मूल्य ५० हजार देखि १लाख ५० हजार सम्म रहेको छ । गत वर्ष वितरित वाख्रावाट जन्मिएको ६ महिनाको एउटा पाठो ६५ केजीको भएकोे श्रेष्ठले जानकारी दिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP