इटहरीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

दिप खबर
असार १२, २०७८

सुनसरीको इटहरीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

शुक्रबार राति इटहरीबाट विराटनगर जाँदै गरेको बा१०च५५७३ नम्बरको कारले इटहरी १२ खनारमा ठक्कर दिदाँ पैदलयात्री इटहरी ११ घर भएका अन्दाजी गंगा ढकालको मृत्यु भएको हो । कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा राति साढे १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रहरीका अनुसार घट्ना पश्चात् कार चालक फरार रहेका छन् । सवारीसाधन प्रहरी चौकी खनारको नियन्त्रणमा रहेको छ । तीब्र गतिमा रहेको कारले ढकाललाई ठक्कर दिएको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP