भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस ४८ हजार ६९८ संक्रमित फेला परेका छन्। यो संख्या गत दिनको भन्दा ५.७ प्रतिशत कम रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भाइरस संक्रमणका कारण पछिल्लो २४ घन्टामा १ हजार १ सय ८३ जनाको मृत्यु भएको छ।
यससँगै भारतमा कूल संक्रमितको संख्या ३ करोड भन्दा धेरै भएको छ। अहिलेसम्म ३ लाख ९४ हजार जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म ३१ करोड ५० लाख बढीले कोरोनाविरुद्धो खोप लगाएका भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP