रोनाल्डोमाथि कोकाकोलाको बोतल प्रहार

असार ११, २०७८

 यूरो कप २०२० को समूह चरणको अन्तिम खेलमा पोर्चुगलका कप्ता क्रिस्टियानो रोनाल्डोमाथि फ्रान्सका समर्थकहरूले दुर्व्यवहार गरेका छन् ।

हङ्गेरीस्थित पुस्कास एरिनामा भएको खेलमा दुई गोल गर्दै विश्वविजेता फ्रान्ससँगको खेल बराबरीमा फर्काएका रोनाल्डोमाथि समर्थकले दुर्व्यवहार गरेका हुन् । रोनाल्डोले दुवै गोल पेनाल्टीमा गरेका थिए ।

खेलको ३०औँ मिनेटमा र खेलको ६०औँ मिनेटमा रोनाल्डोले गोल गरेका थिए । दोस्रो गोलको सेलिब्रेसन गर्ने क्रममा भने रोनाल्डोमाथि फ्रान्सका समर्थकले दुर्व्यवहार गरेका हुन् । रोनाल्डोले पोर्चुगललाई बराबरीमा फर्काएपछि निराश फ्रान्सका समर्थकले कोकको बोतल प्रहार गरेका थिए ।

फ्रान्सका फ्यानहरूले सीधै कोकको बोतल रोनाल्डोको टाउकोमा प्रहार गरेपछि उनी रिसाएका थिए । पहिलो खेलमा हङ्गेरीविरुद्ध खेल्नुअघि पत्रकार सम्मेलनका क्रममा रोनाल्डोले दुई बोतल कोकाकोला साइड लगाएर पानी पिउनुपर्छ भन्ने सन्देश दिन खोजेका थिए । रोनाल्डोको कदमबाट कोकाकोलालाई चार अर्ब अमेरिकन डलर नोक्सान भएको विभिन्न रिपोर्टहरू सार्वजनिक भएको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP