टिप्परले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

दिप खबर
असार ११, २०७८

काठमाडौंमा टिप्परले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्लाको गोकर्णेश्वर नगरपालिका-९ स्थित जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले  ठक्कर दिँदा संखुवासभा घर भएका २६ वर्षीय खुर्बु छिरिङ भोटेको मृत्यु भएको हो ।

टिप्परको ठक्करबाट गम्भीर घाइते भएका खुर्बुलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारकै क्रममा आज बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले  जनाएको छ । रामेछाप घर भइ गोकर्णेश्वर बस्ने ३२ वर्षीय चालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP